नेपाली राष्ट्रिय क्रिकेट टोली भारतमा

काठमाडौं। सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारतमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

सेप्टेम्बरमा नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। लिग–२ यो दोस्रो शृंखला हो। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको