लिग टुमा अमेरिकाको विजयी सुरुआत


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले विजयी सुरुआत गरेको छ।

विश्वकप लिग टु अन्तर्गत पहिलो खेलमा अमेरिकाले क्यानडालाई १४ रन पराजित गरेको हो।

अमेरिकाले दिएको ३०५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन मात्रै बनाउन सक्यो।

क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे। उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ओपनर आरोन जोनसनले ४१ बलमा ५५, डेलिन हेलिङ्गरले ६५ बलमा ५६ ,प्रगत सिंहले ५१ बलमा ४२, कप्तान निकोलस किर्तनले १७ बलमा १४ र कलिम सानाले अविजित १० रन जोडे।

यता, अमेरिकाका लागि नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदिप सिंहले समान २ तथा स्टेभन टेलर र हरमित सिंहले समान १ विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट द हेगमा मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन जोडेको थियो।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अविजित रुपमा १२१ रनको शतकीय पारी खेलेका थिए। उनले ९५ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। ओपनर स्मिथ पटेलले ८३ बलमा ६३, शयान जाहान्गिरले ४७ बलमा ५७ रन जोडे। स्टेभन टेलरले २७ र आरोन जोन्सले १५ रन जोडे।

क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान एक विकेट लिए।

यो जितसँगै ८ टोली सहभागी लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा उक्लिएको छ। पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा लगातार दोस्रो हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको