एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मिति तय


काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक बर्ष आयोजना गर्ने २१औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८० को मिति तय भएको छ।

बुधबार काठमाडौं आयोजित सम्झौता हस्ताक्षर तथा मिति घोषणा कार्यक्रम बोल्दै मञ्चका महासचिव प्रज्वल ओली जानकारी दिए।

यस्तै, मञ्चले गत बर्षको तुलनामा पुरस्कार राशि पनि बढाएको महासचिव ओलीले बताए।

यस बर्ष पनि मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता रहनेछ। यस बर्ष पनि १० विधा समावेश गरिएको छ।

२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६० सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ।

नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको थियो।

यसपाली एनएसजेएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्नेछ। एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो।

स्पोटर्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियानस्वरुप अवार्डको पूर्वसन्ध्यामा एआइपिएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिको एनएसजेएफले बताएको छ। उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ। कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको