सिरी ‘ए’ मा एसी मिलान हारबाट जोगियो


काठमाडौं । इटालियन सिरी ‘ए’ को पहिलो खेलमा घरेलु टोली एसी मिलान हारबाट जोगिएको छ।

सान सिएरो रंगशालामा शनिबार सम्पन्न खेलमा मिलानले टोरिनोसँग २-२ को बराबरी खेलेको हो।

खेलमा २–० ले पछि परेको मिलानका लागि अल्भारो मोराटा र नोआ ओकाफरले गोल गरे। यता, टोरिनोका लागि डुभान जोपाटाले गोल गर्दा एक गोल उपहार स्वरुप प्राप्त भयो।

खेलको ३०औं मिनेटमा मलिक थिअवबाट आत्मघाती गोल हुँदा टोरिनोले अग्रता लिएको थियो। पहिलो हफमा एक शून्यको अग्रता बनाएको टोरिनोका लागि ६८औं मिनेटमा जोपाटाले अग्रता दोब्बर बनाए।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा मोराटाले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए। इन्जुरी समयमा ओकाफरले गोल गर्दै मिलानलाई हारबाट जोगाए।

लिग अन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा फियोरेन्टिनाले पार्मासँग १–१ र इम्पोलीले मोन्जासँग गोलरहित बराबरी खेले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको