काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ।
प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा एक शून्य गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोल गर्न सफल भयो।
खेलको ४४औँ मिनेटमा अल नासरको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा अल नासर उपविजेतामा सिमित बनयो।
अल हिलालको जितमा एलेक्सजान्डर मित्रोभिचले दुई तथा सर्जी मिलान्कोभिच साभिच र माल्कोमले समान एक गोल गरे।


