
काठमाडौँ । दुई हेभिवेट टोलीहरू म्यान्चेस्टर सिटी र चेल्सीबीच आज इङ्लिस प्रिमियर लिगमा महाभिडन्त हुँदैछ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने यो खेल नेपाली समयअनुसार आइतबार राति ९:१५ बजेबाट सुरु हुनेछ।
घरेलु चेल्सी नयाँ सिजनको पहिलो खेलमा साविक विजेत सिटीलाई निराश बनाउँदै सुखद सुरुआत गर्ने दाउमा रहेको छ। यता, सिटी पनि गत सिजनको झै उच्च प्रदर्शन ग्दै नयाँ सिजनमा सुखद सुरुआत गर्ने योजनमा रहेको छ।
चेल्सी गत सिजन ३८ खेलबाट ६३ अंकसहित छैटौँ स्थानमा रहेर लिग अन्त्य गरेको थियो। यता, सिटी भने आर्सनललाई दुई अंकले पछि पार्दै लिग च्याम्पियन बनेको हो। सिटीले ३८ खेलबाट ९१ अंक जोड्दा आर्सनलले समान खेलबाट ८९ अंक जोडेको थियो।
यस्तै, आइतबार नै हुने दिनको पहिलो खेलमा ब्रेन्टफोर्डले किस्टल प्यालेसको सामना गर्दैछ। यो खेल साँझ ६:४५ बजेबाट बेन्टफोर्टको घरेलु मैदानमा सुरु हुनेछ।
गत शुक्रबारबाट सुरु भएको नयाँ सिजन २०२४/२५ मा आर्सन, म्यान्चेस्टर सिटी लिभरपुललगायत दाबदेर टोलीले विजयी सुरुआत गरिसकेका छन्।