
काठमाडौं । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित हासिल गरेको छ।
सोमबार राति सम्पन्न खेलमा युभेन्ट्सले यसै सिजन बढुवा भएको कोमोलाई ३–० ले पराजित गरेको हो।
जितसँगै युभेन्ट्सले तीन अंक जोड्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ।
घरेलु टोली युभेन्ट्सको जितमा स्यामुएल एमबान्गुला, टिमोथी वेह र आन्द्रे काबिसोले समान एक गोल गरे।
स्यामुएलले खेलको २३औँ र टिमोथीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा युभेन्ट्सलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।
खेलको इन्जुरी समयमा आन्द्रेले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए।
राति नै भएको अर्को खेलमा एटलान्टाले लेचेलाई ४–० ले हरायो। एटलान्टाको जितमा मार्को ब्रेसियानिनी र माटेओ रेटेगुईले समान दुई गोल गरे।
पहिले खेलमै चार गोल गरेको एट्लान्टा शीर्ष स्थानमा छ।