काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) मिती र लोगो सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रमका बीच प्रतियोगिताको लोगो सार्वजनीक गरेको हो। सोही कार्यक्रममा मिति समेत सार्वजनीक गरिएको थियो।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो।
यसअघि घोषणा गरिएको नेपाल टी-२० लिगको च्याप्टर क्लोज गर्दै क्यानले एनपीएलको नयाँ सिजन सार्वजनीक गरेको हो।
सार्वजनीक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ। बलमा नेपालको चन्द्र सुर्य राखिएको छ।
क्यानले ६ शहरलाई फ्रेन्चाईज नाम दिएर एनपीएलको प्रतिस्पर्धामा उतार्दैछ।


