काठमाडौँ । भुटान साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो। योसँगै समूह ‘बी’को पहिलो खेलमा भुटानलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको भारतको भने माल्दिभ्ससँगको नतिजा कुर्नुपर्ने भएको छ।
यो समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यही खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।


