
काठमाडौँ । पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्याएका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।