काठमाडौँ । स्पेनिस क्लब रायो भालेकानोमाले कोलम्बियाका प्लेमेकर जेम्स रोड्रिग्वेजलाई भित्र्याएको छ।
रियल मड्रिड र एभर्टनका पूर्व खेलाडी ३३ बर्षीय पूर्व मिडफिल्डरले ब्राजिलियन क्लब साउ पाओलो छाडेयता क्लबविहीन रहेका थिए।
उनले गत जुलाईमा सम्पन्न कोपा अमेरिकामा कोलम्बियालाई फाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थिए। उक्त प्रतियोगिता उनले ६ गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए। तर फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।
रोड्रिग्वेजले सन् २०१४ को ब्राजिल विश्वकपमा पनि गोल्डेन बुट जितेका थिए। रियलका लागि १२५ खेलमा ३७ गोल गरेका थिए। उनले रियलमा दुई च्याम्पियन्स लिग पनि जितेका थिए।


