एन्फा कार्यसमिति बैठक बिहीबार पुन: बस्ने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहीबार बस्ने गरि स्थगित भएको छ।

समय अभावका कारण मंगलबार सबै एजेन्डामाथि छलफल नभएकाले बैठक स्थगित गरिएको एन्फाले जानकारी दियो।

मंगलबारको बैठकले एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, दशरथ रंगशालामा कृतिम घाँस रोप्ने, एन्फा मुख्लय मैदानको ट्रफ परिवर्तन गर्ने, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न र बजेट छुट्टाउने लगायतका निर्णय गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको