साफ यु–२० : फाइनलमा पराजित नेपाललाई ‘फेयर प्ले’


काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा नेपालले ‘फेयर प्ले’ अवार्ड जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय सातदोबाटोमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो। नेपाल यस प्रतियोगितामा एक खेल पनि नहारी फाइनल पुग्न सफल भएको थियो।

यस्तै, उत्कृष्ट गोलरक्षक बंगलादेशका मोहम्मद आसिफ भए। उनले भारतवरिुद्धको सेमिफाइनलमा र नेपालवरिुद्धको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

बंगलादेशलाई उपाधिनजिक पु¥याउन उनले पेनाल्टी सुटआउटमा दुई प्रहार रोके। उनले सेमिफाइनलमा भारतविरुद्ध करिब २० मिनेटमात्रै मैदानमा बिताएका थिए।

यस्तै, सर्वाधिक गोलकर्ता बंगलादेशकै मरिाजुल इस्लाम बने। उनले फाइनलमा दुईसहित चार गोल गरे। उनी नै ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको