काठमाडौँ । आयोजक ज्ञानोदयले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार जित हात पारेको छ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले रिब्सलाई २८–२५ ले पराजित ग¥यो। ज्ञानोदयकी रिस्ता तिलिजाले १२ अंक जोडिन्। गल्र्समै रेडियन्ट पब्लिकले स्वर्णिमलाई ११–८ तथा रातो बंगलाले मोर्डन इन्डियन स्कुललाई २२–९ ले हराए। रेडियन्टकी दिब्यान्शा कार्कीले ११ तथा रातो बंगलाकी आहाना ढुंगानाले ११ स्कोर गरे।
ब्वाइजमा आइडियल मोडलले रेडियन्ट पब्लिकलाई ४२–४०, रातो बंगलाले ओएसिस्लाई ३७–२५ र लिटिल एन्जल्सले पाठशाला, बानेश्वरलाई ४०–१६ ले पन्छाए। आइडियका नेल्सन श्रेष्ठले १६, रातो बंगलाका अक्षित झाले १४ र लिटिल एन्जल्सका तेन्जिन लामाले १३ अंक जोडे।


