
काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलको निर्णयक गोलमा अबुधाबी काउन्ट्री क्लबले विजयी हासिल गरेको छ।
एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा रेखा आवद्ध युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबले साउदी अरबको अल नासर एफसीलाई १–० ले पराजित गरेको हो।
अबुधाबी काउन्ट्री जितमा रेखाले ६८औँ मिनेटमा गाेल गरेकी थिइन्।
जितसँगै समूह चरणको तीन खेलमा तीनै जित हासिल गरेको अबुधाबी काउन्ट्री शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
दोस्रो हाफको ६८औँ मिनेटमा मैदान प्रवेश गरेकी रेखाले केहि समयमै गोल गरेकी हुन्। उक्त अग्रता कायम राखेको अबुधाबी काउन्ट्रीले खेल १–० विजयी भयो।
रेखाले यसअघि डेब्यु खेलमै गोल गरेकी थिइन्। योसँगै रेखाको एएफसी महिला च्याम्पियन्स लिगमा दोस्रो गोल हो।