चेल्सी बराबरीमा रोकियो


काठमाडौँ । लण्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ।

आइतबार घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको तेस्रो साताको खेलमा चेल्सी क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु टोली चेल्सीका लागि खेलको २५औँ मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

तर, ५३औँ मिनेटमा क्रिस्टल खेलमा फर्कियो। उसका लागि एबेरेची इजेले गोल गरे।

त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। यो नतिजा सँगै जारी सिजन तीन खेलबाट चेल्सीले चार अंक जोडेको छ भने समान खेलबाट किस्टल प्यालेसले पहिलो अंक हासिल गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको