साफ यु–१७ : पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने


काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आफ्नो प्रतिद्वन्दी पाएको हो। प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म आयोजना हुनेछ। नेपालको पहिलो खेल २१ सेप्टेम्बरमा रहेको छ।

नेपालसँगै पाकिस्तान समूह ‘बी’ मा छ। यो समूहमा श्रीलंका र आयोजक भुटान पनि रहेका छन्। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र बंगलादेश छन्।

नेपालले दोस्रो खेल सेप्टेम्बर २३ मा श्रीलंका र समूहचरणको अन्तिम खेल भुटानसँग सेप्टेम्बर २५ मा हुनेछ। समूह चरणका चार उत्कृष्ट टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको