
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले दोस्रो जित हासिल गरेको छ।
आइतबार भएको खेलमा न्युक्यासलले टोटनह्यामलाई २–१ गोलले पराजित गरेको हो। न्युक्यासल टोटनह्यामसँग बराबरीतर्फ उन्मुख थियो। तर, खेल सकिन १२ मिनेटअघि इसाकले गोल गर्दै न्युक्यासललाई २–१ को जित दिलाए।
जितसँगै चौथो स्थानमा उक्लिएको न्युक्यासलले तीन खेल सात अंक जोडेको छ। समान खेल खेलेको टोटनह्यामको चार अंक छ।
लोयड केलीले मिलाइदिएको बललाई जाली चुमाउँदै हार्वे वार्नेसले ३६औं मिनेटमै न्युक्यासललाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५६औं मिनेटमा डेन बर्नले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि न्युक्यासल १–१ को बराबरीमा आइपुगेको थियो।