युभेन्टसले घरेलु मैदानमा राेकियाे


काठमाडौं । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले घरेलु मैदानमा रोमासँग बराबरीमा राेकिएकाे छ।

एलिएन्ज रंगशालामाआइतबार राति भएको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाएपनि गोल गर्न सकेनन्।

युभेन्ट्सको यो पहिलो बराबरी हो। यसअघिका दुवै खेल जितेको युभेन्ट्स सात अंकसहि दोस्रो स्थानमा छ। बराबर अंक भएपनि इन्टर मिलान गोल संख्यामा अगाडि रहँदै शीर्ष स्थानमा छ।

रोमाले भने तेस्रो खेलमा खाता खोलेको छ। यसअघिका दुवै खेलमा रोमा पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको