
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ।
शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो।
इंग्ल्याण्डको जितमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक÷एक गोल गरे। इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो।
खेलको ११औं मिनेटमा राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। २६ औं मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि जर्मनी २–० को जीत दर्ता गर्न सफल भयो।