आरआरए बास्केटबलको तयारी पूरा


काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा ब्वाइज र गल्र्समा जम्मा ५० टिमको सहभागिता रहने रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले जनाएका छन्। ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिमको सहभागिता रहने छ। ब्वाइजमा सहभागीलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। रेडियन्टको २५ औं वार्षिकोत्सवको अवसरमा हुन लागेको तीनदिने प्रतियोगिताका खेलहरु सानेपास्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको इसीए इन्चार्ज राजेन्द्र कपालीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको