एलए पौडी सुरु


काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा २०औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै खेलकुदको जग भनेकै विद्यालय खेलकुद भएकोले सबै विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गरे।

प्रतियोगितामा ७८ विद्यालयका ३ सय ८९ खेलाडीको सहभागिता रहेको एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन्। प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ।

पहिलो दिन २५ स्पर्धाको फाइनल सम्पन्न भयो। प्रतियोगिताको अन्तिम दिन आइतबार पनि २५ स्पर्धाको फाइनल हुनेछ। दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजकको पौडी पोखरीमा भइरहेको छ। गत संस्करणकमा निसर्ग वाटिका टिम च्याम्पियन बनेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको