पाकिस्तानसँग १–० ले हार्‍यो नेपाल


काठमाडौं । नेपाल साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो।

पाकिस्तानको जितमा मोहम्मद थलहले गोल गरे। उनले खेलको ८२औं मिनेटमा अब्दुल समादको कर्नरलाई हेडमार्फत पोस्टको चाली चुमाएका थिए।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार श्रीलंकाको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको