काभा क्लब च्याम्पियनसिपमा उषा सर्वोत्कृष्ट खेलाडी


काठमाडौं । विभागीय नेपाल पुलिस क्लबकी उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्।

च्याम्पियनसिपको उपाधि पुलिसले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो। बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन्।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो।

सो प्रतियोगितामा पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको