जुही शाले गण्डकीबाट खेल्ने


काठमाडौं । भारतीय महिला भलिबल खेलाडी जुही शाले एभरेष्ट महिला भलिबल लिग ९इडब्ल्युसीएल० को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट भलिबल खेल्ने भएकी छन् ।

गण्डकीले शालाई आफ्नो चौथो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको हो । भातरीय टोलीकी अनुभवी खेलाडीको रुपमा रहेकी शाले नेपालमा पनि भलिबल खेलेको अनुभव छ ।

सेटर शाले भर्खरै मात्र काठमाडौंमा काभा वुुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । करिव १५ वर्ष लामो भलिबल अनुभव भएकी शाले एभीसी च्यालेन्जर कप, काभा वुमन्स भलिबल लिग खेलेको अनुभव छ । उनले १५ भन्दा धेरै राष्ट्रिय स्तरका खेलहरु खेलेकी छन् ।

शा काठमाडौंमा भएको काभा वुमन्स लिगको वेस्ट सेटर पनि घोषित भएकी थिइन् । गण्डकीले यसअघि दुई खेलाडी रसियाबाट रसियाकी जुभियागिनसिभा र एलिसा रुबियक र भारतबाट शिल्पा सिन्धलाई अनुबन्ध गरेको थियो ।

आफ्नो चार जना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरव केडियाले अब गण्डकीले उपाधिका लागि आफूलाई बलियो दावेदारी दिने बताए ।
यता टिमका प्रवन्धक विकास खेतानले टिमको विदेशी खेलाडी अनुबन्ध कार्य सकिएको र अब गण्डकीले ट्यालेन्ट हन्टबाट चाडै खेलाडी अनुबन्ध गरेर टिमको तयारीलाई पनि अघि बढाउने बताए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको