ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्टबाट छनोट


ललितपुर । सिङ्गापुरमा जन्म भइ उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् । करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।

ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । उनले सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।

पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । “ठुलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ,” छनोट भएपछि ज्याक्युशाले भनिन् । “स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिए, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु,” उनले थपिन । ५ फित ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन ।

ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वाजनिक गर्ने छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको