काठमाडौं । समित तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ।
न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।
नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे।
जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ।


