
काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मण्डिखाटारस्थित आफ्नै हातामा बिहीबार भएको खेलमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २–१ गोलले पराजित ग¥यो।
क्वाटरफाइनलमा काष्ठमण्डप ‘ए’ को भेट द एक्सेल्सियर स्कुलसंग हुनेछ। अन्य क्वाटरफाइनल रातो बंगला र मिल्सबेरी, द चाँदबाग स्कुल र टीआईए तथा एनसीसीएस र विल्सनबीच हुनेछ।
सिनियर ब्वाइजमा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ। चेल्सी वल्र्ड स्कुलले काष्ठमण्डप ‘बी’, एक्सेल्सियरले र काठमाडौं प्रज्ञाकुञ्ज, एलआरआईले र विल्सन तथा काष्ठमण्डप ‘ए’ ले जोन डेवी विरुद्ध प्रतिस्पर्धा गर्ने छन्। सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण तयार भएको छ। काष्ठमण्डपले जोन डेवी तथा काठमाडौं वल्र्ड स्कुलले टीआईको सामना गर्ने छन्।
बास्केटबलको ब्वाइजमा एनबीएफएले काष्ठमण्डप ‘बी’ लाई २८–१०, बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले रातो बंगलालाई ३४–१३, एलआरआईले एक्सेल्सियरलाई ४९–४३ र क्याम्पियनले मिल्सबेरीलाई ३६–२० ले पराजित गरे।
गल्र्समा काष्ठमण्डप ‘ए’ ले बीआईएसलाई २४–२०, एलआरआईले जोन डेवीलाई १६–४ र एनसीसीएसले एक्सेल्सियरलाई २३–१४ ले हराए।