साउदको अध्यक्षतमा नयाँ कार्य समिति चयन


काठमाडौं । पोखरा विश्वविद्यालय क्रिकेट क्लब (पियूसीसी)को रोशन साउदको अध्यक्षतमा छैठौँ नयाँ कार्य समिति चयन भएको छ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्ष रोशन साउद ,उपाध्यक्ष अन्जल यादब, उपाध्यक्ष धिरेन जंग, सचिव प्रबेश खनाल, सह–सचिव प्रशंसा फडेरा, सह–सचिव सचिन पौडेल, कोषाध्यक्ष सुवास अर्याल, महिला संयोजकआस्मा उपाध्याय, जनरल म्यानेजर विक्रम धामी चएन भएका छन्।

त्यस्तै सदस्यहरुमा सदस्यहरू अर्पण रेग्मी ,रमेश भट्ट ,शैलेश पन्था, सचिन यादव, अनिल भट्ट, गंगाराम यादव, राहुल यादव, प्रभात यादव, सचिन यादव, सचिन कंडेल, आशिष खनाल रहेका छन्।

वोमन संयोजकमा आईटी अफिसर आशिक यादव,आईटी अफिसर शशि सुवेदी, एसोई प्रमुख पूजन शर्मा, एसोई प्रमुख गौरव बोहरा, शास प्रमुख राज पटेल कप्तान समिर सुवेदी चयन भएका हुन।

पोखरा विश्विद्यालयको क्रिकेट क्लबलाई आफ्नो कार्यकालमा थप उचाइ दिने, क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता ,आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने छौं, निर्वाचित अध्यक्ष रोशन साउदले भने।

यस क्लबले महिला क्रिकेट विकासको लागि वुमन्स पोखरा युनिभर्सिटी क्रिकेट लिगको तीन संस्करण सम्पन्न गराई सकेको छ। त्यस्तै पोखरा युनिभसिर्टी क्रिकेट लिगका चार संस्करण सम्पन्न भएका छन्। चौथो संस्करणमा नेपाली टोलीबाट खेलि सकेका कुशल मल्ल, अभिनाश बोहरा, विक्रम सोब, कलमसिंह ऐरी, घरेलु क्रिकेटका विपिन रावल र खडक बोहरा लगायतका खेलाडीहरु खेलेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको