चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी नेपाल आइपुगे


काठमाडौं । चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग ९इडब्ल्यूभिएल० खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् ।

तीनै जना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको जानकारी चितवन शक्तिले जनाएको छ।

चितवन शक्तिबाट केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन्। त्यस्तै, सुर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन्।

असोज १४ देखि १९ गतेसम्म हुने वुमन्स भलिबल लिगको खेलको टिकट तपाईले खल्ती डिजिटल एपबाट लिन सक्नुहुनेछ।

चितवन शक्तिले प्रतियोगिताको लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताको लागि तयार रहेको छ। चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको