इडब्ल्युभिएल : चितवनको विजयी सुरुआत


काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा चितवनले गण्डकी थन्डर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२२ ले जितेको चितवनले दोस्रो सेट १९–२५ ले गुमायो। त्यसपछिका दुई सेट २५–२३, २५–१८ ले आफ्नो पक्षमा पार्दै चितवनले ३ अंक जोड्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको