काभा भलिबल : नेपाल किर्गिस्तानसँग पराजित


काठमाडौं । नेपाल काभा यु–२० च्याम्पियनसिपमापराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा बिहीबार किर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो।

सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट लगातार २५–२१, २५–२२ ले आफ्नो पक्षमा पारेको थियो।

पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७–१९ ले पछि पर्यो।

यो पराजयसँगै नेपालले चार खेलमा सात अंक जोडेको छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।

अब नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्ताको सामना गर्नेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको