इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज सेमिफाइनलमा


 

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन्।

इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।

यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको। इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको