
काठमाडौं । श्रीलंकाले महिला साफ च्याम्पियसिप २०२४ मा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्समाथि १–० को जीत हासिल गरेको हो।
श्रीलंकाको जीतमा इमेशा अनुराधिनीले गोल गरिन्।
खेलको १७औं मिनेटमा इमेशा अनुराधिनीको गोलमार्फत श्रीलंकाले अग्रता लिएको हो। पिएम परेराको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी इमेशाले फ्रि हेडर गोल गरिन्। उक्त गोल नै श्रीलंकाको जीतमा निर्णयक बन्यो।
जीतसँगै श्रीलंकाले समूह ए मा तीन अंक जोडेको छ। यसअघि बिहिवार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित हासिल गर्दै समूह ए मा तीन अंक जोडेको छ।