साफ महिला च्याम्पियनसिप : बंगलादेश र पाकिस्तान खेल्दै


काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा आज (आइतबार) बंगलादेश र पाकिस्तानबीच खेल हुँदै छ।

समुह ए मा रहेका पाकिस्तान र बंगलादेशबीचको यो खेल दशरथ रंगशालामा साँझ ५:३० बजेदेखि शुरु हुने छ।

पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले पराजित भएको थियो भने साविक विजेता बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ।

पाकिस्तानका लागि यो खेल जित्नै पर्ने दबाबमा छ। यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ।

यसअघि सम्पन्न ६ साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको