महिला टी२० विश्वकपको उपाधि न्यूजील्याण्डलाई


काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्डले उपाधि जितेको हो ।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यसअघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको