काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बंगलादेश आमने सामने हुँदै छन्।
दशरथ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार ५:३० बजेबाट शुरु हुनेछ।
समुह ए अन्तर्गतको यो खेल बंगलादेशका लागि महत्वपूर्ण रहेको छ। भारत यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो। त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बंगलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ।
एक अंक हासिल गरेको बंगलादेश दोस्रो स्थानमा छ भने एक अंक हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ।
बंगलादेश पाकिस्तानसँग १–१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो।


