काठमाडौं । नेपालले एफसी यु–१७ एसियन कप छनोटको पहिलो खेलमा आज (बुधबार) साविक विजेता जापानको सामना गर्दैछ।
कतारको दोहास्थित हमद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति १०ः३० मा सुरु हुनेछ। समूह ‘एफ’ मा घरेलु टोली कतार र मंगोलिया पनि छन्।
जापान प्रतियोगिताको सबैभन्दा सफल टोली हो। सन् १९९४, २००६, २०१८ र २०२३ च्याम्पियन जापन २०१२ मा उपविजेता बनेको थियो।
नेपालले भने हालसम्म एएफसी यु–१७ एसियन कपमा समूह चरण पार गर्न सकेको छैन। नेपालले सन् २०००, २००६ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो।
एएफसी यु–१७ एसियन कपमा नेपालविरुद्धको दुवै खेलमा जापना विजयी भएको छ।


