साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै


काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समुह बी का दुई खेल हुँदै छन्। आज हुने पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न १ ३० बजेदेखि शुरु हुने छ भने दोस्रो खेल ५ ३० बजेदेखि शुरु हुने छ।

समूह बी मा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ। अहिलेसम्म तीनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ। नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ।

त्यस्तै समुह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ।

समुह ए बाट बंगलादेश समूह विजेता तथा भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको