यु–१७ एसियन कप : मंगोलियासँग नेपाल पराजित


काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल फेरि पराजित भएको छ।

दोहास्थित हमाद बिन खालिफा रंगशालामा आइतबार भएको खेलमा नेपाल मंगलोलियासँग १–० ले पराजित भएको हो।

समूह चरणका तीनै खेलमा पराजित नेपाल अंकविहिन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ। पहिलो जित निकालेको मंगोलिया समान खेलबाट तीन अंकका साथ तेस्रो स्थान रह्यो।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० को फराकिलो हार ब्यहोरेको थियो।

यो समूहबाट साबिक विजेता जापानले प्रतियोगितामा स्थान सुरक्षित गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको