अमिषालाई नगदसहित सम्मान


काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा गोल गरेकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ।

एसएस फाउन्डेसनले कार्कीलाई एक लाख नगदसहित शुक्रबार सम्मान गरेको हो।

संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए।

अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ।

कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गर्दै खे १–१ गोलको बराबरीमा लाएकी थिइन्। यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफको उपाधि चुम्न असफल भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको