
काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ।
नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने लोकेश बम र बिबेक यादवले समान एक एक विके६ हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारि खेले । यस्तै लोकेश बम ३३ तथा बिबेक यादव र रासिद खान १२ रनको योग्दान दिए।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।
योसँगै नेपालले दुई खेलमा दुई जितसहति समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।