श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि


काठमाडौँ । श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ।

हङकङमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो।

पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यस अघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो।

नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो। नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो। समुह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने युइएसँग पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको