
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजको आफ्नो अन्तिम खेल बर्षको कारण रद्य भएको छ।
ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै २६ रन बनाएपछि आधिहुरीको चेतावनी र बर्षाको कारण खेल रद्य भएको हो।
निर्धारित समय भन्दा झन्डै सवा घण्टापछि खेल ७–७ ओभर घटाएर पुन ४३ ओभरबाट सुरु भएको थियो। यतिबेला नेपालका लागि ओपनर अनिलकुमार शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए भने अशिफ शेख १४ बलमा ९ रन बनाएर क्रिजमा थिए। कुशल भुर्तेल तीन बलमा कुनै पनि रन नजोडी क्रिजमा थिए।
यो नतिजासँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्। यस सिरिजमा नेपालले चार खेलमा तीन अंक जोडेको छ। घरेलु टोली अमेरिकासँगै दुबै खेल गुमाएको नेपालले स्कटल्यान्डविरुद्ध भने तीन अंक लिन सफल भयो।
लिग–२ मा १२ खेलबाट ६ अंक रहेको नेपाल पूछारबाट दोस्रो स्थानमा छ। यता, १४ अंकसहित स्कटल्यान्ड तेस्रो तथा १२ खेलबाट १६ अंक रहेको अमेरिका र क्यानडा १६ अंकसहित क्रमश पहिलो र दोस्रो स्थानमा छन्।