
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा बुधबार ९आज० नेपालले थाइल्यान्डको सामना गर्दै।
यी दुई टाेलीबीचकाे खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
उमेर समूहमा नेपाल र थाइल्यान्डबीच हालसम्म एकमात्र खेल भएको छ।
जसमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।
आगामी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र थाइल्यान्डसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्।
सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ।
नेपाली टोली : सोनी पाख्रिन, ज्योत्सिका मरासिनी, रचना चौधरी, मनिषा उपाध्याय, कृष्मा गुरुङ, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक