नेपालको विजयी सुरुआत


काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ।

बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराउँदै विजयी सुरुआत गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रन मात्रै बनाउन सक्यो।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरी चार विकेट लिइन्। यस्तै, पूजा महतो र रिया शर्माले दुई दुई विकेट लिँदा कृष्मा गुरुङ र मनिषा उपाध्यायले एक विकेट हात पारिन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो।

नेपालको लागि ब्याटिङमा ज्योत्सिका मरासिनी चार, अलिशा कुमारी यादव सात, पूजा महतो ३५, सिमाना केसी १९, साना प्रविन पाँच रन, साबित्रा धामी सात रन बनाउँदा सोनिया पाख्रिनले १९ रन बनाइन्।

आगामी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र थाइल्यान्डसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्।

सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टोली स् सोनी पाख्रिन, ज्योत्सिका मरासिनी, रचना चौधरी, मनिषा उपाध्याय, कृष्मा गुरुङ, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको