कुवेतलाई १३१ रनको लक्ष्य


काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ।

युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएपछि कुवेतले १३१ रनको लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाए।

चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गरिईन्। कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। यता कुवेत पहिलो खेलमा घरेलु टोली युएईसँग १०६ रनले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको