नेपाल १३ रनले पराजित


काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग १३ रनले पराजित भएको छ।

युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान दिइन्। साना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए।

युएईका लागि इन्दुजा नन्दाकुमार, लाभन्या केनी र मेहक ठाकुरले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

युएईका लागि रिनिता रजितले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरिन्। लाभन्या केनीले २० तथा इन्दुजा नन्दाकुमारले १२ रन बनाए।

नेपालका लागि रिया शर्माले तीन तथा सीमा केसी, कप्तान पूजा महतो र करिस्मा गुरुङले समान एक विकेट लिए।

लगातरा तेस्रो जितसँगै युएई तीन खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ। पराजित नेपाल समान खेलबाट चार अंकका साथ दोस्रो स्थानमा छ।

अब नेपालले आइतबार थाइल्यान्डको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको