
काठमाडौं । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत बुधबार नेपालले अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ।
दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३:१५ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार ब्यहोरेको नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ।
आज हुने यस खेलले विश्वकपमा छनोट हुने टिमको निर्णय लिने छ। नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ। २ अंकले पछि रहेको नेपालले युएईलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने योजनामा छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्।