युइएफए नेसन्स लिग : पोर्चुगलको सहज जित, रोनाल्डोको दुई गोल


काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले युइएफए नेसन्स लिगमा सहज जित हासिल गरेको छ।

घरेलु मैदान ड्र्यागन स्टेडियम शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई, रफाएल लिआओ, ब्रुनो फर्नानडेज र पेड्रो नेटोले एक एक गोल गरे। यता, पोल्याण्डका लागि डोमिनिक मार्कजुकले गरेको गोल सान्त्वना बन्यो।

पहिलो हाफ गोलरहति बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै पाँच गोल गर्दा एक गोल ब्यहोरेको थियो।

जीतसँगै पोर्चुगलले समुह ए कोमा ५ खेलमा १३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ। पराजित पोल्याण्डको भने ५ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ।

अब पोर्चुगलले नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा क्रोसियासँग खेल्ने तालिका रहेको छ। सोहि दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको